बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएलमा छुट
२०७८ भदौ ३१ गते

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालि बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% सम्म छुट पाउने भएका छन् ।
सम्झौता पश्चात् ग्राहकले एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालिले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ ।
एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालिले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
२०७८ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








