ग्लोबल आइएमई बैङ्क र त्रिविको सहकार्यमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ ।

विश्वविद्यालय क्याम्पस जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत विभागीय भवनदेखि मूल सडकसम्म करीब १०० चाँप, धुपी तथा विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरी बिरुवाको सुरक्षाको लागि ‘ट्री गार्ड’ समेत लगाइएको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आईएमई बैङ्क कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा विश्वविद्यालय जुलोजी विभागका प्राध्यापक डा। राजेन्द्रप्रसाद पराजुली र प्रेमबहादुर बुढा, प्राध्यापकहरू डा. विष्णुप्रसाद भट्टराई, पीताम्बर ढकाल र सन्तोषी श्रेष्ठ लगायत विभाग अन्तर्गतका विद्यार्थी तथा बैङ्कका कर्मचारीको सहभागिता रहेको थियो ।

बैङ्कले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =