प्रदेश १ : मन्त्रिपरिषद् विस्तार, थपिए ५ मन्त्री

विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । आज नियुक्त भएका मन्त्रीहरूमा संखुवासभाका तुलसी प्रसाद न्यौपाने, झापाका हिराकुमार थापा रहेका छन् भने राज्यमन्त्रीमा साेलुखुम्बुका उत्तमकुमार बस्नेत‚ माेरङका लिलाबल्लभ अधिकारी र माेरङका ज्ञानेश्वर राजवंशी रहेका छन् ।

न्यौपानेले आर्थिक मामिला तथा योजना मन्त्रालय र थापाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सम्हालेका छन् । त्यस्तै बस्नेतले उद्योग‚ पर्यटन‚ वन तथा वातावरण मन्त्रालयमा बस्नेत‚ भूमि व्यवस्था‚ कृषि तथा सहकारी मन्त्रालयमा राजवंशी र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा अधिकारीले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आजै (बुधबार) साँझ उनीहरूलाई शपथ गराउने तयारी गरेका छन् ।

एमालेबाट १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि अहिले एमालेको सरकार अल्पमतमा परेको छ । हाल प्रदेश सभामा कायम रहेको ९२ जना सांसदमध्ये एमालेको ५१ जना रहेको थियो । त्यसमा १० जना नेकपा एकीकृत समाजवादीमा गएपछि सभामुखसहित एमालेको सांसद संख्या ४१ हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *