नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा सोडारी

धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको बैठकले भौतिक पुर्वाधार मन्त्रीसमेत रहेका सोडारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

सोडारीले सुदूरपश्चिममा नेकपा (एस)लाई सबैभन्दा ठूलो दल बनाउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

एमालेबाट विभाजन भई गठन भएको नेकपा (एस) सुदूरपश्चिम प्रदेश सभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । यसअघि ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा सीमित बन्न पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *