मञ्जुश्री फाईनान्सको चार शाखाको कारोबार शुभारम्भ

काठमाडौँ । मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर र पर्सावजार शाखाको कारोबार सुरुवात गरेको छ ।

मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौँको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड-काठमाडौँ, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने अब थप ३ सहित शाखा संख्या १८ रहने फाईनान्सले जनाएको छ ।

बैंकको २०७८ साल अषाढ मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिभेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरी ७.९५ अर्ब कर्जा परिचालन गरेको जनाएको छ ।

यसका साथै यस फाईनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *