‘प्रभु लिटिल च्याम्प पिएमएस’ सञ्चालनमा

काठमाडौँ । प्रभु क्यापिटलले बालबालिका लक्षित लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ ।

बालदिवसको अवसर पारेर सुरु गरिएको यस योजनामा जन्मेदेखि १६ वर्ष उमेरसम्मका बालबालिकाको लागि सेवा खरिद गर्न सकिने क्यापिटलले जनाएको छ ।

यो योजनामा नानीबाबुहरूका लागि पीएमएस सेवा लिएबापत क्यापिटलले एउटा पीएमएसबापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाइ छ ।

‘हजुरको छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूलनारासहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैँसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्ने प्रभुले जनाएको छ ।

यसमा लगानी अवधि : ५ वर्ष, हर्डल रेट : ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क : २० प्रतिशत, लक इन अवधि : ५ वर्ष, लक इन अवधि अगावै योजना बन्द शुल्क : ३ प्रतिशत, नाफा वितरण : न्यूनतम लगानी अवधिपश्चात् र गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षका लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्नेलगायत यस योजनाका मुख्य विशेषता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *