सानिमाका ग्राहकले 0% किस्तामा स्मार्टफोन खरिद गर्न सक्ने

काठमाडौं । सानिमा बैङ्क र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैङ्कका ग्राहकहरूलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैङ्कका ग्राहकहरूले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरू जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ्ग गर्न सक्ने बैङ्कले जनाएको छ । यसका साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । भदौ २० गतेबाट प्रि बुकिङ शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुने जनाएको छ ।

प्रि-बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेकट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेबाट गर्न सकिने बैङ्कले जनाएको छ । सानिमा बैङ्कको क्रेडिट कार्ड बैङ्कको वेभसाइटमा   https://creditcard.sanimabank.com/credit-card/online-application  लगइन गरी आवेदन दिन सकिने जानकारी बैङ्कले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *