नबिल ब्यालेन्सड् फन्ड-३ मा मागभन्दा बढीको आवेदन

काठमाडौं । नबिल इन्भेष्टमेन्टले निष्कासन गरेको सामुहिक लगानी कोष योजना नबिल ब्यालेन्सड् फण्ड–३ मा माग गरिए भन्दा बढीको आवेदन परेको छ ।

यस निष्कासनमा आज साँझसम्ममा १ लाख ४ हजार ७ सय ७१ जना आवेद कहरुबाट प्रमाणित हुन बाँकी समेत गरी करिब १२,६२,५५,०४० इकाई खरिदका लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ । माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशत ले बढी हो ।

कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरी नबिल ब्यालेन्सड् फण्ड ३ नामको १० वर्षे बन्दमुखी योजनाको इकाई निष्कासन गरेको हो । यो योजनाको आकार १ अर्बको रहेको छ र यो नबिलको चौथो योजना हो । यस अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्कासन हुनेछ ।

जस मध्ये न्यूनतम १ करोड ४० लाख इकाई वा बिक्री भएको १४ प्रतिशत इकाई कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडको लागि तथा न्यूनतम १० लाख वा बिक्री भएको मध्ये १ प्रतिशत इकाई कोष व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैङ्किङलाई छुट्याईएको छ ।

बाँकी रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *