लोकसेवा विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रिय सभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरू सुरुदेखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरू उभिइ नै रहेका थिए ।

२०७६ भदौ २५ गते प्रतिनिधिसभामा पेश भएको लोकसेवा आयोगसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मा पारित भई राष्ट्रिय सभामा आएको विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गरेको हो ।

अब यो विधेयक राष्ट्रियसभाबाट पारित भएको सन्देशसहित प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि कानून बनेर कार्यान्वयनमा जान्छ ।

विधेयकमा संघ र प्रदेशमा लोकसेवा आयोग हुने संवैधानिक व्यवस्था छ । पारित विधेयकमा संघ र प्रदेश लोकसेवा आयोगको क्षेत्राधिकार लगायतका विषय समेटिएको छ । यो विधेयक कानून बनेर कार्यान्वयनमा गएपछि प्रदेश लोकसेवा आयोगले पनि विज्ञापन लगायत कार्य गर्न पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *