महालक्ष्मी लाईफको बीमा जागरण राष्ट्रिय अभियान

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवासङ महालक्ष्मी लाईफ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कम्पनीको संचा लक समितिले यही भाद्र २५ गते गरेको निर्णयअनुसार आश्विन महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ दुई वर्षे यस अभियानमा आ.व २०७८\७९ भित्र २५ वटा जिल्ला र आ.व २०७९\८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिनेछ ।

यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवाहरु लाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरूको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ । काम गरी आयआर्जन गर- बीमा गरी सुरक्षित बनूँ भन्ने मूल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिहर्ता तथा विज्ञ व्यक्तिहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका वरिष्ठ अधिकृत तथा अगुवा अभिहर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रूपमा बीमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *