साँगुरीगढीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

धनकुटा । धनकुटा सागुरीगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ मालबाँसेमा मोटरसाइकल बसमा  ठक्कर खाँदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धनकुटा शहिदभुमी गाउँपालिका ४ का ३६ वर्षीय गणेशमान राईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  खुवासभाबाट धरान तर्फ जाँदै गरेको को १ ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको को१९प ९४२८ नम्बरको मोटर साइकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा राती  मृत्यु भएको हो । मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका ६ का ३३ वर्षीय रत्न कुमार राई सामान्य घाइते भएकोले धरानमा नै उपचार भइरहेको प्रहरीले जनाएका छ।   बस र बस चालक सुनसरी धरान १३ का ५८ वर्षीय कृष्ण बहादुर पाख्रिन इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *