साढे ५ किलो गाँजासहित ३ कारोबारी पक्राउ

पोखरा । कास्की प्रहरीले तीन गाँजा कारोबारीलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पोखरा ३० गगनगौँडा पावरहाउसबाट धादिङ खनियाबास गाउँपालिका- ४ घर भई पोखरा ६ लेकसाईड बस्ने करन तामाङ पक्राउ परे । सोही ठाउँमा गाडी चेकजाँच गर्ने क्रममा पोखरा ३२ वेगनासताल बस्ने सरोज राना र सुजन नेपाली पक्राउ परेका छन् ।

गुरुङको साथबाट ३ किलो २ सय ग्राम र अन्य दुईजनाको साथबाट १ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । उनीहरूलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *