स्वास्थ्य स्वयंसेविकालाई बुढेसकालमा बिदाइसँगै सम्मान

विराटनगर । इटहरीमा ३३ वर्षअघि देखि कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । इटहरी उपमहानगरपालिकामा रहेर लामो समयसम्म सेवा गरेका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मानसहित बिदाइ गरेको हो ।

३३ वर्षदेखि नागरिकको सेवामा लागेका ६० वर्षे उमेरहदका कारण बिदाइ भएका विष्णुतारा नेपाली, गंगादेवी नेपाल र गंगीया सरदारलाई सम्मानसहित उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बिदाइ गरेका हुन् । उनीहरूलाई नगद ३० हजार रकम प्रोत्साहन भत्ता पनि दिइएको उपमहानगरपालिकाका प्रमुख चौधरीले बताए ।

बिदाइ कार्यक्रममा प्रमुख चौधरीले स्वास्थ्यक्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्ने भए पनि स्वस्थ्य जनशक्ति निर्माणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए । इटहरीमा एक सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *