प्रदेश २ मा ‘नो मास्क‚ नो सर्भिस’ अभियान

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना माहामारीविरुद्ध सचेतना अभियानअन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने भएको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आइतबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड संक्रमितहरुको संख्यामा कमी आएलगत्तै सर्वसाधारणले मास्कको प्रयोगमा हेल्चक्र्याइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त अभियान चलाउने निर्णय गरेको हो ।

सरकार मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरुमार्फत् विज्ञापन प्रसारण प्रकाशन गराउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *