ओलीको बोलीः

‘प्रतिस्थापन विधेयकमा ध्वसांत्मक चिन्तन झल्कियो’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्थापन विधेयकमार्फत सरकारले ल्याएको बजेटमा ध्वसांत्मक चिन्तन झल्किएको बताएका छन् । ‘प्रतिस्थापन विधेयक नामको वक्तव्यबाट आएको बजेटमा केही पनि आएको छैन,’ आइतबारको संसदीय दलको बैठकमा ओलीले भने, ‘यहाँ ध्वसांत्मक मनोविज्ञान, चिन्तन र प्रवृत्ति झल्किएको छ ।’

अघिल्लो सरकारले ल्याएको कार्यक्रमहरु सबै खारेज गरेर सरकारले नचाहिँदो काम गरेको ओलीको टिप्पणी थियो । ‘यो बजेटमा विकास निर्माणका कार्यक्रमहरु काटिएका छन्,’ ओलीले भने, ‘जनताको सहुलियतको बारेमा ल्याइएका कार्यक्रमहरु कटौती गरिएका छन् । पूर्वाधारसम्बन्धी केही भनिएको छैन । नचाहिँदो काम भयो ।’

५ लाखलाई १० हजारका दरले दिने भनिएको कार्यक्रमले सरकारले आफ्ना कार्यकर्ता पाल्ने ओलीको टिप्पणी थियो । ‘सायद त्यो आउँदो दशैंलाई पकेड खर्च होला आफ्नो कार्यकर्तालाई,’ ओलीले भने, ‘नभए को ५ लाख ? त्यसको मापदण्ड के ? सरकारले कहिले भन्यो कि ५ लाख गरिब छन् भनेर ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *