बीपी प्रतिष्ठानका उपकुलपति गिरी प्राध्यापक नभएको पुष्टि

काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी उपकुलपति गिरी प्राध्यापक भएको भन्ने प्रमाण फेला नपरेको भन्दै कानुनबमोजिम प्रक्रिया सुरु भएको जनाएको हो ।

‘उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकाले प्रचलित कानुनबमोजिमको प्रक्रिया सुरु भएको छ‚’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएका भ्रष्टाचारको छानबिन गर्न सबै कागजात लिइसकेको र छानविन भइरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि प्रतिष्ठानकै संघर्ष समितिले उपकुलपति गिरी प्राध्यापक नै नरहेको भनी आन्दोलन गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *