संसद् : एमालेको नाराबाजी निरन्तर (तस्बिरहरू)

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज पनि संसद्मा नाराबाजी गरेको छ । दिउँसो १ बजेदेखि शुरु भएको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी जारी राखेको छ ।

‘गैरसांसदलाई निषेध कायम गर’, संसदीय मर्यादा कायम गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने नियत बन्द गर’लगायतका नारा लगाउँदै एमाले सांसदहरुले संसद् अवरुद्ध गरेका हुन् । यसअघि २३ र २५ गते बसेको बैठकसमेत एमालेले अवरुद्ध गरेको थियो ।

आफूहरुको विरोधबीच नै २३ गते राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेको र २५ गते प्रतिस्थापन बजेट ल्याएको भन्दै चिढिएको एमालेले पुनः बैठक अवरोध गरेको हो ।

आइतबारको बैठकमा भने एमाले सांसदहरुले नाराबाजी मात्र गरेका छन् । यसअघिका दुई बैठकमा नाराबाजीका साथै सांसदहरुले राेष्ट्रममा जाने तथा माइक खोस्ने प्रयास गरेका थिए । त्यसक्रममा सांसदहरुलाई राेक्न मर्यादापालकहरुलाई हम्मे हम्मे परेको थियो । एमाले सांसद रेखाकुमारीले त माइकले सभामुख र अर्थमन्त्रीलाई हान्ने प्रयास नै आफूले गरेको बताएकी थिइन् ।

Sherbahadur Deuba_

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *