‘एमसीसीमा पुनःव्याख्या आवश्यक छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले एमसीसीबारे सर्वप्रथम सत्तासीन दलहरूले साझा धारणा बनाउनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दलले सत्तासीन दलको धारणा हेरेर आवश्यक निर्णय लिने भट्टराईको भनाइ छ । ‘एमालेले अहिले पनि एमीसी हुँदै हुँदैन भनेर भनेको छैन,’ भट्टराईले भने, ‘पारित नै भइहाल्नुपर्छ भन्ने पनि होइन । यसका कतिपय प्रावधानहरुमा पुनःव्याख्या आवश्यक छ । संशोधन गर्नुपर्छ भन्ने निष्कर्ष तत्कालीन एमसीसी (नेकपा) कार्यदलको पनि हो । यहीअनुरूप जानुपर्छ ।’

सत्तासीन दलहरूले आफ्नो साझा धारणा नबनाउँदासम्म प्रतिपक्ष दलले केही नबोल्ने भट्टराई बताउँछन् । ‘उहाँहरुले धारणा बनाइसक्नुभयो र प्रमुख प्रतिपक्षलाई सोध्नुभयो भने बल्ल हुन्छ । अहिल्यै हामी धेरै एसीसीबारे बोल्दैनौँ,’ भट्टराईले भनेका छन् ।

‘एमालेको प्रवक्ता प्रदीप कमरेड नै हो’

भट्टराईले हालका लागि एमालेको प्रवक्ताको जिम्मेवारीमा प्रदीपकुमार ज्ञवाली नै भएको बताएका छन् । ‘अहिलेका लागि एमालेको प्रवक्ताको जिम्मेवारी प्रदीप कमरेडले नै सम्हालिराख्नुभएको छ । अझै केही दिन उहाँले नै सम्हाल्नुहुन्छ । केही दिनमा यी विषयहरुमा पनि केही छलफल तथा निर्णयहरु होलान्, त्यसपछि मलाई जिम्मेवारी आउला । अहिलेको लागि एमालेको प्रवक्ता प्रदीप कमरेड नै हुनुहुन्छ ।’

१० बुँदेको स्पीरीटमा पार्टी फर्किँदै गरेको उल्लेख गर्दै भट्टराईले भने, ‘फागुन २३ यता एमाले ०७५ जेठ २ मा फर्किनुपर्ने हाम्रो अडान जुन थियो, त्यसअनुसार म हुनुपर्ने भनिएको छ । तर, म त्यतिबेला प्रवक्ताको रूपमा भन्दा पनि प्रचारप्रसार विभाग प्रमुखको भूमिकामा थिएँ । त्यसपछि मैले नै सञ्चारमाध्यममा सूचनाहरू दिने भएपछि एमालेको प्रवक्ता पनि भएको हो भन्ने थियो । यो पद नै पछि आएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *