सुरक्षाको ‘ग्रिन बर्ड’ छायांकन शुरू

काठमाडौँ । चलचित्र ‘ग्रिन बर्ड’ को छायाङ्कन शुरू भएको छ । चितवन र नवलपरासीमा खिचिने चलचित्रको छायांकन चितवनबाट शुरू गरिएको हो । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहेकी छन् ।

सुरक्षासँगै चलचित्रमा कमलमणि नेपाल र अफरान अलिको मुख्य भूमिका रहनेछ । प्रमोद कँडेलले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् ।

योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भइरहेको चलचित्रले स्वतन्त्र जीवन जिउन चाहने एक युवतीको सङ्घर्षको कथालाई देखाउनेछ ।

प्रमोदकै कथा र पटकथा रहेको यो चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायांकन तथा अन्जय खड्काको सम्पादन रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *