काँप्दाकाँप्दै ३३ वर्षीय धामीको मृत्यु

धनगढी । दार्चुलामा काँप्दाकाँप्दै धामीको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका-४ लिउडेखोका ३३ वर्षीय तारासिंह धामीको शुक्रबार काँप्दाकाँप्दै मृत्यु भएको हो ।

उनी सोही ठाउँका परमले धामीको घरमा धामी बसेका थिए । घरबाट लटिनाथ बजार जान्छु भनेर हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त परमलेको घरमा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक तारासिंह धामीलाई स्थानीयले घरमा पूजापाठ गर्न र धामी काँप्न बोलाएकोमा काँप्दाकाँप्दै ढलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

उनका अनुसार शवको पोस्टमार्टम भइरहेको छ। रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *