भाइबर मेसेजिङ प्लेटफर्ममा एआर लेन्सहरुको सुरुआत

काठमाडौं । भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि बहुप्रतिक्षित भाइबर लेन्स फिचर मेसेजिङ प्लेटफर्ममा एआर लेन्सको सुरुआत गरेको छ । भाइबर र स्न्याप बीचको सहकार्यबाट भाइबर भिडियो मेसेजिङ र फोटोहरुमा एआर लेन्सको सुरुआत गरेको हो ।

निःशुल्क र सहज सञ्चार आदान प्रदानका लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले बिहीबार भर्चुअल कार्यक्रमको आयोजना गरी नयाँ फिचर सुरुआत गरेको हो । भाइबरका अनुसार यो फिचर नेपाल, भियतनाम र फिलिपिन्ससहित एप्याक क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो ।

भाइबर लेन्स फिचर स्न्याप आईएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन-योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरी तयार गरिएको छ । यस फिचरबाट प्रयोगकर्ताहरुले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तक्रियात्मक सम्वादहरु गर्न सक्नेछन् ।

नेपालमा भाइबर लेन्सहरु आईओएस (भाइबर भर्सन १५.५.५ देखि माथिका) मा र एन्ड्रोइड (भाइबर भर्सन १५.८.०.१५ देखि माथिका) मा उपलब्ध छन् । लोकल लेन्सहरु एन्ड्रोइड भाइबर भर्सन १६.० बाट शुरु भएर माथि सबैमा उपलब्ध छन् ।

भाइबरमा आफ्नै लोकल लेन्स सुरुवात गर्न गइरहेको नेपाल र भुटानका लागि कोकाकोलाका देश निर्देशक, आदर्श अवस्थीले भनेका छन्, ‘कोकाकोला र भाइबरले हात मिलाएर अद्वितीय, रमाइलो र प्रासंगिक लेन्सहरु ल्याउँदै छन् जसले कोकाकोलाले झैं भाइबर प्रयोगकर्ताहरुको लागि उत्साह ल्याउने छ र सबैको कुराकानी ताजा गर्नेछ।’

‘भाइबरका लागि नेपाल एक महत्वपूर्ण बजार हो,’ एप्याकका लागि भाइबरका वरिष्ठ निर्देशक डेविड त्सेले भने, ‘हामीले नेपालमा धेरै सहकार्यहरु गरेका छौँ र अरु धेरै नवीन फिचरहरु ल्याएर भाइबरलाई अझ धेरै रमाइलो र नेपाली प्रयोगकर्ताहरुका लागि उपयोगी बनाउन हामी उत्सुक छौँ । यो फिचर हाम्रा नेपाली प्रयोगकर्ताहरुका हरेक दिनको च्याट र सम्पर्कलाई विशेष बनाउनका लागि थप गरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *