चलचित्र ‘अस्तित्वको लडाइँ’को शुभ मुहूर्त

काठमाडौँ । गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाइँ’को मकवानपुरमा शुभ मुहूर्त गरिएको छ । चलचित्रको कथा निर्देशक गौतमले नै लेखेका हुन् ।

चेपाङ समुदायको कथामा बन्न लागेको चलचित्र दशैँ-तिहारपछि छायाङ्कनमा जानेछ । सरिता ढुङ्गाना निर्माता रहेको चलचित्रमा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बानियाँ चलचित्रका लागि अनुबन्धित भइसकेका छन् भने अन्य कलाकारहरू छनोटको क्रममा रहेका छन् ।

राम शरण कोइराला सहायक निर्देशक हुन् भने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *