नबिल बैंकद्वारा राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकासँग समझदारी

काठमाडौँ । नबिल बैंकले युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।

समझदारीअन्तर्गत सदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरूलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याई देशभित्रै युवा उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङ्‌का प्रबन्धक लिलाप्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *