क्यानेडेली किशोरी फर्नान्डेज युएस ओपनको फाइनलमा

काठमाडाैँ । क्यानडाकी १९ वर्षीया किशोरी लेइला फर्नान्डेजले युएस ओपनमा सनसनिपूर्ण प्रदर्शन जारी राख्दै फाइनल यात्रा तय गरेकी छिन् । शुक्रबार बिहान भएको फाइनलमा फर्नान्डेजले दोस्रो बरियताकी एरिना साबलेन्कालाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।

फर्नान्डेजले ७-६, (७-३), ४-६ र ६-४ को सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाइन् । १९ वर्षिय फर्नान्डेजले यसअघि उपाधि दाबेदार मानिएकी नाओमी ओशाका र एन्जलिका केर्बरलाई पराजित गरेर सनसनि मच्चाएकी थिइन् । सेमिफाइनलमा उनले पाँचौ वरियताकी एलिना स्भितोलिनालाई पराजित गरेपछि उनी उपाधि दाबेदार मानिएकी थिइन् ।

शुक्रबार दोस्रो बरियताकी २६ वर्षकी एरिनालाई हराएसँगै उनले उपाधि जित्ने संभावना बलियो बनेको छ । फेर्नान्डेजले फाइनलमा बेलायती किशोरी एमा रादुकानु वा १७ औँ बरियताकी मारिया सकारीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *