एमसीसी उपाध्यक्षसँग प्रचण्डले भने- राष्ट्रिय सहमति जुट्नैपर्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । बिहान खुमलटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।

विवादका बेला यसलाई एकल रूपमा अगाडि बढाउन गाह्रो हुने प्रचण्डले बताएको प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । उपाध्यक्ष सुमारले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गरेकी थिइन् । जवाफमा प्रचण्डले अहिले एमसीसीबारे राष्ट्रिय रुपमा प्रश्न उठेको भन्दै यसमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ गठबन्धनका दलहरूबीच एकमत हुनुपर्ने बताएका थिए ।

यसअघि हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता शुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेकी थिइन् । साथै जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेकी थिइन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *