राजर्षि जनक विश्वविद्यालयका शिक्षककाे आन्दोलन

जनकपुरधाम । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्स करारका शिक्षक आन्दोलित भएका छन् । करार नियुक्तिको माग गर्दै  उनीहरू आन्दोलित भएका हुन् ।

करीब एक महिनादेखि शान्तिपूर्ण तरिकाले विभिन्न चरणको आन्दोलन गर्दै आएपनि माग पूरा नभएपछि बुधबार विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । तर उपकुलपति प्रा. भरत झाले प्रहरी बोलाएर बिहीबार ताला फोर्न लगाएपछि विश्वविद्यालयमा केहीबेर तनाव भएको थियो ।

विगत १७ दिनदेखि आन्दोलन गरिरहेका उनीहरूले पहलो चरणमा हातमा कालोपट्टी बाँधी अध्यापन गरेका थिए भने दोस्रो चरणमा उनीहरूले लगातार १५ दिनसम्म विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रारको कार्यालयमा धर्ना दिएका थिए ।

आन्दोलित  शिक्षकहरूले उपकुलपति र रजिस्ट्रारको कार्यालयमा पुनः तालाबन्दी गरेपछि विश्वविद्यालयका उपकुलपति प्रा. झा उनीहरूसँग वार्ता गर्न तयार भएका छन् । माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएपछि उपकुलपति झाले बाध्य भएर छलफलका लागि बोलाएको कोर्स कन्ट्र्याक्ट शिक्षक संघका सभापति दिलिपकुमार यादवले जानकारी दिए ।

विश्वविद्यालयमा अहिले ३२ जना कोर्स करार शिक्षक कार्यरत छन् । स्थापनाकालदेखि नै आफूहरू विश्वविद्यालयमा कार्यरत रहेपनि करारमा नियुक्त गर्न आनाकानी गरिरहेको आन्दोलित शिक्षकको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *