प्रदेश १ : प्रत्येक जिल्लामा कार्यालय खोल्दै सरकार

विराटनगर । प्रदेश-१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले १४ जिल्लामा कृषि ज्ञान केन्द्र कार्यालय संचालनमा ल्याउने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले सार्वजनिक सेवा गुणस्तरीय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । कार्यालयका सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रत्येक जिल्लामा एकिकृत संगठन संरचना तयार गरी सेवा प्रवाह गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रदेश भरीका कृषकहरूको सहजताका लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय माताहतका यी कार्यालयहरू यसअघि प्रत्येक २ जिल्ला हेर्ने एउटा कार्यालय रहेको थियो । यस्तै बैठकले सामाजिक विकास मन्त्रालयअन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिवारीले जानकारी दिए ।

भौतिक पुर्वाधार विकास मन्त्रालयअन्तर्गत १४ वटै जिल्लाका पुर्वाधार विकास कार्यालयहरू स्थापना गर्ने पनि निर्णय भएको छ । यसअन्तर्गत सडक, शहरी विकास, झोलुङ्गे पुल तथा पक्की पुल लगायतका काम पर्छन् । यस्तै खानेपानी, सिँचाइ, ऊर्जा, जलस्रोतलगायतका विषयका काम कारबाहीलाई प्रभावकारी बनाउन १४ वटै जिल्लामा खानेपानी तथा जलस्रोत व्यवस्थापन कार्यालयको स्थापना गर्ने निर्णय गरिएको मन्त्री तिवारीले बताए ।

यसअघिको मन्त्रिपरिषदको बैठकले यातायात व्यवस्था र मालपोत कार्यालयको गुणस्तरीय सेवा प्रवाहका लागि अनलाइन प्रणालीमा सेवा दिने गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *