संसद्‌मा सभामुखलाई एमालेको प्रश्न- दल विभाजनको मतियार किन बन्नुभो ?

बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसद् बैठक अबरद्ध गरेको छ । बुधबार (आज) अपराह्न ४ बजेबाट शुरु भएको संसद् बैठकलाई एमालेले अबरद्ध गरेको हो । शुरुमै बैठक अबरद्ध गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बोल्दै भने, ‘सभामुखज्यू तपाईं किन दल विभाजनमा मतिरा बन्नुभयो ?’

एमालेले कारबाहीका लागि सिफारिस गरेको १४सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख सचेतक भट्टराईले भने, ‘दलीय र लोकतान्त्रिक व्यवस्थामा एउटा दल आफ्नो सांसद तथा नेतालाई कारबाही गर्न स्वतन्त्र हुन्छ । तर, सभामुखबाट त्यो काम भएन । झेली भयो । यो संविधान र व्यवस्थाको खिलाप हो ।’

एमाले सांसदहरुले संसद् बैठक चल्न नदिएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । आजको बैठकका लागि ३२ वटा कार्यसूची छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *