लक्ष्मणको ‘गहना’ सार्वजनिक

काठमाडौँ । निर्देशक लक्ष्मण सुवेदीले लघु चलचित्र ‘गहना’ सार्वजनिक गरेका छन् । ३२ मिनेट लामो चलचित्रमा पतिपत्नीको घरायसी समस्यालाई मुख्य विषय बनाइएको छ ।

नजिकिँदै गरेको हरितालिका तीजलाई मध्यनजर गरेर चलचित्र निर्माण गरिएको छ । गहना नहुँदा माइत जान नसकेकी पत्नीलाई खुसी पर्न पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छन् भन्ने कुरा यो चलचित्रमा देखाइएको छ ।

चलचित्र तेस्रो भागसम्म निर्माण हुने निर्देशक सुवेदीले जानकारी दिएका छन् । नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा रहेको चलचित्रको स्क्रिप्ट निर्देशक सुवेदी स्वयंले लेखेका हुन् । विमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक विनय पौडेल हुन् ।

ललितसिंह साउदले सम्पादन गरेको चलचित्रमा विनोद भुजेलको पार्श्वसंगीत छ । दिलासा क्रिएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौँ आसपासमै खिचिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *