अक्षय कुमारलाई मातृ शोक

काठमाडौँ । भारतीय अभिनेता अक्षय कुमारकी आमाको निधन भएको छ । उनकी आमा अरुणा भाटिया लामो समययता अस्वस्थ थिइन् । अक्षयले सामाजिक सञ्जालमार्फत आमाको निधनको खबर सार्वजनिक गर्दै भावुक पोस्ट सेयर गरेका छन् ।

अक्षय आफ्नो पोस्टमा लेख्छन्, ‘वहाँ मेरा लागि महत्त्वपूर्ण हिस्सा हुनुहुन्थ्यो । आज मलाई असह्य पीडा भइरहेको छ । मेरी आमा अरुणा भाटियाले आज बिहान यो दुनियाँ त्याग्नुभएको छ । वहाँ अर्को दुनियाँमा बालाई भेट्न जानुभएको छ । म र मेरो परिवार निकै विचलित परिस्थितिबाट गुज्रिरहेका छौँ । ॐ शान्तिः ।’

उनका प्रशंसक तथा बलिउड सेलिब्रिटीले कमेन्टमा अक्षय कुमारलाई सान्त्वना दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *