नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । यी दुवै फण्डहरुले आर्थिक वर्ष २०७७\७८ को लागि लाभांश घोषणा गरेका हुन् ।

नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत(कर सहित)र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ २२ गते बसेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *