घुससहित सिडिओ कार्यालयका नासु पक्राउ

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

नायब सुब्बा चौधरी जनकपुरको क्याम्पस चौकस्थित एक होटलमा सेवाग्राहीसँग साढे ८ हजार रुपैया घुस लिएका थिए । सोही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली उनलाई पक्राउ गरेको हो ।

नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएका थिए । कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाही गर्न उनलाई बर्दिबास लगेको बताइएको छ । धनुषामा पछिल्लो समय भ्रष्टाचार बढेपछि अख्तियारका अधिकारीले निगरानी बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *