प्रदेश १ मा एमालले मुख्य पद जोगायो, यस्तो छ अंकगणित

विराटनगर । नेकपा एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) मा रोज्ने दिएको समय सकिँदै गर्दा प्रदेश १ मा एमालेले केही जिल्लामा बाहेक मुख्य पद जोगाएको छ । जिल्ला समन्वय समितिका २ जना अध्यक्षले नेकपा एस रोजेका छन् । त्यस्तै ५ पालिकाका प्रमुखले एमाले छाडेका छन् । ५  जना पालिकाका उपप्रमुखले पनि एमाले छाडेर नेकपा एसमा लागेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमाले विभाजनपछि पार्टी छान्नको लागि दिइएको समय सीमा अनुसार आजसम्ममा पार्टी छाड्नेमा १० जना प्रदेश सांसद छन् । सोलुखुम्बुमा कुनै पनि जनप्रतिनिधिले पार्टी फेरका छैनन् । ताप्लेजुङमा २१ जनाले एमाले त्यागेका छन् । समन्वय उपप्रमुख १, गाउँपालिका उपाध्यक्ष २,  वडा अध्यक्ष ५ र अन्य सबै सदस्य छन् । पाँचथरमा एमालेबाट ११ जना जनप्रतिनिधि नेकपा एसमा लागेका छन् । वडा अध्यक्ष २ जनासहित जिसस सदस्य २ जना र अन्य वडा सदस्य छन् ।

संखुवासभामा एमालेबाट १५ जना नेकपा एसमा लागेका छन् । जिसस प्रमुखसहित नगर उपप्रमुख १ जना, वडा अध्यक्ष ३ जना, सदस्य ५ जना र कार्यपालिका सदस्य ४ जना तथा जिसस सदस्य १ जना रहेका छन् । तेह्रथुममा २ जनाले नेकपा एस रोजेका छन् । गाउँपालिकाका अध्यक्ष १ जना र वडा अध्यक्ष १ जना छन् । धनकुटामा एमाले छाड्नेको संख्या ८ जना छ । भोजपुरमा ६ जनाले एमाले छाडेकोमा १ जना उपाध्यक्ष १ जना उपमेयर, ४ जना सदस्य छन् ।

खोटाङमा ११ जनाले पार्टी छाडेका छन् । समन्वय समिति प्रमुख १ जना, वडा अध्यक्ष १ जना, वडा सदस्य ७ जना, जिसस सदस्य २ जना रहेका छन्  । झापामा ७ जनामध्ये १ जना वडा अध्यक्षसहित अन्य सबै सदस्य छन् । सुनसरी जिल्लामा ६ जना सबै वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् ।

उदयपुरमा २८ जनाले एमाले छाडेका छन् । जसमा २ जना पालिका प्रमुख छन् । त्रियुगा नागरपालिका र उदयपुरगढीका प्रमुख हुन् । अन्य वडा अध्यक्ष र सदस्य रहेको निर्वाचन कार्यालयका प्रमुख हिमालयराज बरालले बताए ।  प्रदेश निर्वाचन कार्यालयमा प्रदेश सांसद १० जना सांसद र ८ जना स्थानीय तहका जनप्रतिनिधिले एमाले छाडेका छन् । जसमा ५ जना अध्यक्ष र अरु सदस्य छन्  । ओखलढुंगामा एमाले छाड्नेको तथ्यांक आएको छैन ।

नेकपा एसमा इलाम बलियो
पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिल्ला इलाममा ५७ जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । सूर्योदय नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईसहित ५७ जनप्रतिनिधिहरूले समाजवादीमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा धेरै सूर्योदय नगरपालिकाका जनप्रतिनिधि रहेका छन् । सूर्योदयमा उपप्रमुख र एक वडाध्यक्ष बाहेक सबैले एकीकृत समाजवादी रोजेका छन् । १४ वटा वडा रहेको सूर्योदयमा तत्कालीन एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जितेको थियो । जसमध्ये ९ वडाध्यक्षले एकीकृत समाजवादी रोजेका हुन् ।

त्यस्तै चार जना कार्यपालिका सदस्य र २९ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र ७ जना एकीकृत समाजवादीमा लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *