कामत मृत्यु प्रकरण : प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा लाठीजार्च

विराटनगर । विराटनगर महानगरपालिका- ११ का एक व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको विषयलाई लिएर स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् । शनिमन्दिर चौकमा मृतकका आफन्तले टायर बाल्नुका साथै सडक अवरुद्ध समेत गरेका छन् । विराटनगर-११ का भीम कामतको जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको बेला मृत्यु भएको थियो ।

मृत्युको विरोधमा मंगलबार विराटनगरमा मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । शुक्रबार दिउँसो ३ किलो ८० ग्राम गाँजासहित पक्राउ परेका कामतको आइतबार दिउँसो मृत्यु भएको थियो । प्रहरीले कामत लागू औषध प्रयोगकर्ता भएको र मुखबाट फिँज काड्न थालेपछि अस्पताल लाग्दा मृत्यु भएको दाबी गर्दै आएको छ । तर आफन्तले मृत्युको कारण प्रहरी यातना रहेको बताउँदै न्यायका लागि भन्दै आन्दोलन थालेका छन् ।

No description available.

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार कामत ३ किलो ८० ग्राम गाँजासहित १ लाख २२ हजार बढी नगदका साथ पक्राउ परेका थिए । लागुऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकामा उनको आइतबार दिउँसो मृत्यु भएको थियो ।

मुखबाट फिँज काडेर बेहोस भएपछि कामतको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

लागुऔषधका प्रयोगकर्ता र कारोबारी समेत रहेको खुलेपछि प्रहरीले लामो निगरानीपछि उनलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि अनुसन्धानका लागि म्याद थप्न अदालत लैजानुअघि नै कामतको मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

No description available.

मृतकका आफन्तले भने प्रहरीको यातनाका कारण मृत्यु भएको बताउँदै आएका छन् । खुट्टामा तथा शरीरका विभिन्न भागमा निलडाम रहेकाले यातनाको कारण मृत्यु भएको आन्दोलनरत पक्षको भनाइ छ ।

प्रदर्शनको क्रममा आन्दोलनकारीले विराटनगरमा एक दर्जनभन्दा बढी सवारीमा क्षति पुर्‍याएका छन् भने ग्यास बोकेर आउँदै गरेको ट्याङ्करमा समेत ढुंगा/मुढा प्रयोग गरेर क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । आन्दोलनकारीले काडीमा तोडफोड गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो । प्रदर्शनकारी र प्रहरीबीचमा केही घाइते भएको प्रत्यक्षदर्शी विष्णुप्रसाद राजवंशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *