‘द वायर’का अभिनेता माइकलको निधन

एजेन्सी । अमेरिकन वेब सिरिज ‘द वायर’का अभिनेता माइकल के विलियम्सको ५४ वर्षको उमेरमा निधन भएको छ । उनी न्यूयोर्कस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका हुन् ।

न्यूयोर्क पुलिसले स्थानीय समयअनुसार सेप्टेम्बर ६ तारिक दिउँसो करिब २ बजे उनको मृत शरीर भेटिएको बताएको छ । माइकलको निधन ड्रग ओभर डोजका कारण भएको भनेर केही सञ्चार माध्यममा उल्लेख गरिएको भए पनि प्रहरीले पुष्टि गरेको छैन ।

एमी अवार्डका लागि छानिएको माइकल वेब सिरिज ‘द वायर’को भूमिकाले परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *