विशाल भन्छन्- कमेडी च्याम्पियनको तेस्रो सिजन आउँछ

काठमाडौँ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले तेस्रो सिजन पनि आउने बताएका छन् । दोस्रो सिजनले च्याम्पियन पाउनै लाग्दा उनले केही समय पश्चात् तेस्रो सिजन आउने बताएका हुन् ।

कमेडी गर्न, नाच्न गाउन झैँ सहज प्रतियोगी नपाउने भएकाले केही महिना अघि-पछि भए पनि तेस्रो सिजन गर्ने तयारीमा रहेको प्रोड्युसरसमेत रहेका भण्डारीले बताएका छन् । दोस्रो सिजन सकिएको ३ महिनाभित्र तेस्रो सिजन घोषणा गर्ने उनले बताएका छन् ।

पहिलो सिजनमा एक हप्ताको शो छायाङ्कन पश्चात् अर्को हप्ता कसरी काम अगाडि बढाउने ? को सँग ५,६ लाख माग्ने ? भन्दै खोज्नुपर्ने स्थिति रहेकोमा अहिले धेरै सहज रहेको उनको भोगाइ छ । पहिलो सिजनमा सजन श्रेष्ठको पत्रकार ऋषि धमलाको प्रस्तुतिले शोले हाइप पाएको विशालको बुझाइ छ । सुमन कोइरालाको ‘दले दाइ’ले अन्य प्रस्तुतिसँगै सबै वर्गका दर्शकलाई समेटेको उनको बुझाइ छ ।

टेलिभिजन ब्याकग्राउन्डबाट आएका भण्डारीलाई तुलनात्मक रूपमा चलचित्र, म्युजिक भिडिओमा भन्दा पनि टेलिभिजन शोमै रुचि रहेको छ । यसैकारण उनी र उनको समूहले दुईवटा रियालिटी शो घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *