एसराजको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न

काठमाडौँ । कलाकार तथा मोडल एसराज गराचको कोरियोग्राफीमा काठमाडौँमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न भएको छ । ब्राइट इभेन्ट म्यानेजमेन्टका राजन बुढाथोकी तथा अनुशा रिजालद्वारा आयोजित शो पेप्सीकोलास्थित इन्टरनेसनल डान्स एकेडेमीको परिसरमा सम्पन्न भएको हो ।

शोमा जनकपुर, सिराहा, रौतहट, वीरगन्ज, विराटनगर, दोलखा, भक्तपुर तथा काठमाडौँका मोडलहरूले विभिन्न सिक्वेन्सहरुमा क्याटवाक गर्दै विभिन्न पहिरनहरू प्रदर्शन गरेका थिए । शोको पहिलो सिक्वेन्समा मोडलहरू दर्शक दीर्घाबाटै उठेर दौडँदै र्‍याम्पमा उक्लिएका थिए ।

शोका तीनवटै सिक्वेन्सले दर्शकहरूलाई नयाँ-नयाँ पहिरनको बारेमा जानकारी दिनुका साथै मोडलहरूको आकर्षक हाउभाउले मनोरञ्जन समेत गराएको थियो ।

फेसन शोकै क्रममा केही समयअघि सम्पन्न मिस ग्लोरियस नेपाल २०२१ का प्रतिस्पर्धी तथा विजेताको विशेष सिक्वेन्स पनि आकर्षक रह्यो ।

शोमा अर्मन सहनी, गौतम ठाकुर, वर्षा श्रेष्ठ, निर्भीक सिंह, राहुल जैसवाल, कुसुम रसाइली, इच्छा अधिकारी अतिथि मोडलको रूपमा सहभागी भएका थिए ।

रोजिन शाक्यद्वारा सञ्चालन गरिएको उक्त फेसन शोमा क्याटवाक गर्ने मोडलहरूलाई स्पर्श (अ म्याजिकल टच) ब्युटी इन्स्टिच्युटले श्रृंगारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *