जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने

काठमाडौं । १२औं राष्ट्रिय जनगणना आउँदो कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने भएको छ । केन्द्रीय तथ्यांक विभागको प्रस्तावलाई सोमबार (आज) बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्नेगरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । उपमहानिर्देशक रेग्मीले भने, ‘हामीले पठाएको प्रस्ताव स्वीकृति भएको हो । अब अन्तिम तयारीमा जुट्छौँ ।’

विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् । त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने कार्यतालिका विभागको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *