ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया

काठमाडौं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच ‘स्वच्छ व्यवसाय : सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रम सुनसरीमा सम्पन्न भएको छ ।

कार्यक्रममा व्यवसायी र बैंकबीच बैंकिङ् सहकार्यको उद्देश्यको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा उद्यमशीलता प्रवर्द्धनार्थ ल्याइएका विभिन्न बैंकिङ् सेवाहरू तथा डिजिटल बैंकिङ्सम्बन्धी विभिन्न सेवाहरूको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आवद्ध व्यवसायी र संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिनाधितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने, डिजिटल बैंकिङ् सेवाहरू प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ्, वित्तीय साक्षरता,उद्यमशीलता विकासका निमित्त बैंकले महासंघसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू संचालनमा ल्याउन असार २० गते दुई पक्षबीच सम्झौता पनि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *