महालक्ष्मी विकास र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले विद्युत् महशुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् महशुल संकलनसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहक वाजो कोहिले पनि आफूले खपत गरेको विद्युत्‌को महशुल बैंकको मोबाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् ।

सम्झौताअनुसार सेवाग्राहीले मासिक ५०० प्रतिशत रुपैयाँसम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिर्नुपर्दैन भने ५०१ रुपैयाँभन्दा माथी ५ लाखसम्मको महशुल भुक्तानीमा पाँच रुपैयाँमात्र सेवा शुल्क भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत् प्रधिकरणबीच भएको विद्युत् महशुल संकलनसम्बन्धी सम्झौताले सर्वसाधारणलाई बिनाझन्झट विद्युत महशुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *