हिन्दी रिमेक ‘थडम’मा आदित्य र मृणाल

एजेन्सी । सुपर हिट तमिल चलचित्र ‘थडम’को हिन्दी रिमेकमा अभिनेता आदित्य रोय कपूरको जोडीको रूपमा अभिनेत्री मृणाल ठाकुरले अभिनय गर्ने भएकी छन् ।

वास्तविक घटनामा आधारित भएर निर्माण हुन लागेको चलचित्र वर्धन केतकरले निर्देशन गर्दैछन् । मृणाल प्रहरी अधिकारीको भूमिकामा देखिने भएकी छन् । यो थ्रिलर चलचित्रको छायांकन आउँदो अक्टोबरबाट सुरु हुने निर्माण टीमले जनाएको छ ।

टी-सिरिजका भूषण कुमार र मुराद खेतानीले निर्माण गर्ने चलचित्रमा आदित्य दोहोरो भूमिकामा देखिनेछन्  । तमिल ‘थडम’ मा अरुण विजय, विद्या र तान्या होपे मुख्य भूमिकामा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *