इसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा छुट र उपहार पाइने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ ।

बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि रू एक हजारसम्मको आकर्षक क्यासब्याक पाउने एसेवाले जनाएको छ । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ ।

कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिनेछ । आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिने छ ।

आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्ने इसेवाले जनाएको छ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *