सुदर्शन र सुप्रियाको इन्गेजमेन्ट

काठमाडौँ । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापाले सञ्चारकर्मी तथा कलाकार सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् ।

सोमबार सुदर्शनले आफ्नो जन्मदिनको अवसरमा काठमाडौँको एक पाँचतारे होटेलमा औँठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा दुवै पक्षका निकट व्यक्तिको उपस्थिति रहेको थियो ।

यी दुईले आउँदो असोज २२ गते हिन्दु परम्पराअनुसार विवाह गर्ने तयारी गरिरहेका छन् । सुदर्शन र सुप्रिया विगत एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *