एनएमबि बैंकलाई ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधि

काठमाडौं । सिंगापुरको एसियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले ग्रीन डील अफ द इयर २०२१’को उपाधिबाट एनएमबि बैंक सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगमसँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा बैंकलाई एसियनले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।

बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । बैंकले ग्रीन डील अन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरुप्रति निरन्तर प्रतिबद्धता जनाएकाले यो सम्मान पाएको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि हाल कार्बन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *