विराटनगरमा एक पुरुष मृत फेला

विराटनगर । विराटनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेको डिएभि स्कुल नजिकै एक जना युवा मृत अवस्थामा फेला परेका हुन् ।

अन्दाजी ३० देखि ३५ वर्षको जस्तो देखिने युवा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक युवाको पहिचान खुलिनसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनकाअनुसार घटनास्थलमा प्रहरी टोली पुगेर घटना मुचुल्का उठाउने काम भइरहेको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेकोले पाेस्टमार्टम रिपोटपछि थप तथ्य खुल्ने डिएसपी श्रेष्ठलेले बताए । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *