‘छोरी ! हेर त मेरा हात छैनन्‚ तर पनि म पौडन सक्छु’

काठमाडौँ । दुवै हात नभएका चिनियाँ पौडीवाज जेङ ताओले टोक्यो पारालिम्पिकमा चार स्वर्ण जितेर सनसनी मच्चाएका छन् । उनलाई विश्वभरिबाट सामाजिक संजालमा अत्यधिक माया पनि दर्शाइएको छ ।

आफूले जितेपछि उनले आफ्नी छोरीलाई भनेको कुरालाई लिएर उनको बारेमा धेरैले ध्यान दिएर कुरा गर्न थालेका थिए । उनले छोरीलाई एक भिडिओमा भनेका थिए‚ ‘हेर त । मेरा दुवै हात छैनन्‚ तर पनि म अत्यधिक छिटो पौडिन सक्छु ।’ जेङले बाल्यकालमै करेन्ट लागेर दुवै हात गुमाएका थिए ।

उनी पौडीका विभिन्न विधाहरूमध्ये खासगरी फ्रीस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्टाइलमा दख्खल राख्छन् । उनले १३ वर्षबाट पौडी खेल्न सुरु गरेका थिए । उनले अहिलेसम्म नौ पारालिम्पिक पदक जितेका छन् ।

बुधबार ५० मिटरको फ्रीस्टाइलको फाइनलको विजेता भएपछि जेङले सञ्चारमाध्यमलाई भने, ‘मैले कुनै गुनासो नगरिकन टोक्यो २०२० मा खेलेको खेल नै अन्तिम हो । मलाई लाग्छ यो मेरो जिन्दगीको सबैभन्दा उत्कृष्ट रेस हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *