दार्चुला घटना : देउवा-मोदीको पुत्ला दहन (भिडिओसहित)

काठमाडौं । दार्चुला घटनाको विरोधमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

विद्यार्थीहरुले शनिबार (आज) रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै देउवा–मोदीसँगै माधवकुमार नेपालको पुत्दा दहन गरेका हुन् । विद्यार्थीहरुले ‘जयसिंहलाई न्याय दे’, ‘सीमा अतिक्रमण बन्द तर’, ‘कठपुतली सरकार मुर्दावाद’जस्ता नारा लगाएका थिए ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुनइको तार काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानबिन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।

तर, घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने कामसमेत नगरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शनसहित पुत्ला दहन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *