‘द मम् – ब्युटी कन्टेस्ट’ हुँदै

काठमाडौँ । आमा भइसकेका महिलाहरूको क्षमता विकास गर्न मोडल सङ्स नेपालले ‘द मम्-ब्युटी कन्टेस्ट’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि आयोजकले आवेदन समेत खुला गरेको छ ।

मोडल सङ्सले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्थासहित भदौ १८ गते शुक्रबारदेखि प्रतियोगिताको आवेदन खुला गरेको हो ।

प्रतियोगितामा भाग लिन इच्छुक महिलाहरूले अनलाइनमार्फत् वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेन्ट आयोजक संस्थाका सीईओ डेभिल सिंह राजपुतले बताए ।

‘इच्छुक महिलाहरूले  एक हजार रुपैयाँ तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फारम भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौँ’, उनले भने । सहभागीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *