सानिमा बैंकद्वारा तीजको अवसरमा विशेष योजना

काठमाडौँ । तीजको अवसरमा सानिमा बैंकले विशेष योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जनाएको छ ।

यसका साथै पहिलो पोज कारोबारमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यास ब्याक प्रदान गरिने बैँकले जनाएको छ । यसका अतिरिक्त ५०० रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई-कार्ड निःशुल्क दिइनेछ ।

यो योजना भदौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकहरूका लागि उपलब्ध हुने बैंकले जनाएको छ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *