थप दुई सांसदले रोजे लोसपा, सनाखत गर्नेको संख्या १२ पुग्यो

जनकपुरधाम । जसपाका सांसद एवं पूर्वमन्त्री डिम्पल झा र सांसद प्रह्लाद गिरी ‘गोस्वामी’ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा सनाखत गरेका छन् ।

महन्थ ठाकुर निकट सांसद एवं पूर्वमन्त्री जितेन्द्र सोनलले दुवै सांसदलाई जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय लगेर सनाखत गराएका हुन् । गिरी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद हुन् भने झा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् ।

No description available.

जसपाका १० सांसदले यसअघि नै लोसपाको पक्षमा सनाखत गरिसकेका छन् । बिहीबार झा र गिरीले सनाखत गरेसँगै लोसपाको पक्षमा सनाखत गर्ने सांसदको संख्या १२ पुगेको हो ।

झा लोसपा नेता अनिल झाकी पत्नी हुन् । यसअघि महन्थ ठाकुर समूहमा लागेको भन्दै मुख्यमन्त्री राउतले भौतिक पुर्वाधार विकास राज्यमन्त्रीबाट उनलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *